असोज १८, २०८२, शनिबार

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा एक सय र चाँदीको १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९६ हजार आठ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको थियो । 

आज पोखरा बजारमा सुनको भाउ एक लाख ९७ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यस्तै, असली चाँदी प्रतितोला दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार दुई हजार तीन सय २५ रुपैयाँका कारोबार भएको थियो ।

आज पोखरामा चाँदी प्रतितोला दुई हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

Copyright © 2024 | All rights reserved.