भदौ ०४, २०८२, बुधबार

प्रधानमन्त्री ओली भदौ १४ मा चीन भ्रमणमा जाँदै


Advertisement Image
clock icon 5 days, 13 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ देखि चार दिने चीन भ्रमण गर्ने भएका छन् । उनले १४ देखि १८ गतेसम्मा चीन भ्रमण गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

एक वर्षको अवधिमा प्रधानमन्त्री ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ । उनले यसअघि २०८१ मङ्सिरमा चीन भ्रमण गरेका थिए ।

शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १८ गते चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

सोही कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । सोक्रममा मोदीसँग पनि प्रधानमन्त्री ओलीले भेटघाट गर्ने सम्भावना छ । 

सो कार्यक्रममा अन्य देशका प्रधानमन्त्री पनि आउने र ओलीसँग विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग पनि साइडलाइन भेटवार्ता हुने बताइएको छ । सम्मेलनमा आउने विदेशी प्रतिनिधिहरूका लागि राष्ट्रपति सीले भदौ १८ (सेप्टेम्बर ३) मा दिवा भोजको आयोजना गर्ने जनाइएको छ । 

प्रधानमन्त्रीले एक वर्षमा अमेरिका, थाइल्याण्ड, तुर्कमेनिस्तानलगायतका देशको भ्रमण गरिसकेका छन् । चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारीमा छन् ।

Copyright © 2024 | All rights reserved.