0
प्रतिक्रिया
पोखरा । मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १० करोड ५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ३६२दशमलव४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड १७ लाख रुपैयाँ मात्र थियो।
यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ७६ लाखबाट बढेर ७२ करोड ४१ लाख पुगेको छ। कम्पनीले लगानी बिक्रीबाट ८ करोड १२ लाख आम्दानी गरेको छ भने अन्य आम्दानी पनि ५ लाख ३८ हजारबाट बढेर १ करोड ६१ लाख पुगेको छ।
कम्पनीको संचालन खर्च पनि १५ करोड ४२ लाखबाट घटेर १३ करोड १९ लाख कायम भएको छ। यी कारणले कम्पनीको नाफा बढेको देखिन्छ।
कम्पनीको चुक्ता पुंजी ७० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३दशमलव११ रुपैयाँबाट बढेर १४दशमलव३६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ ९३दशमलव८० रुपैयाँबाट बढेर १०९दशमलव०३ रुपैयाँ पुगेको छ ।
Copyright © 2024 | All rights reserved.