असोज १८, २०८२, शनिबार

तुइनखोलामा ट्रकमाथि ढुंगा बजारिँदा चालक गम्भीर, त्रिशूलीमा खस्नबाट जाेगियाे ट्रक


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नारायणगढबाट मुग्लिनतर्फ आइरहेको भारतीय ट्रकमाथि आज दिउँसो ढुंगा खस्दा चालक गम्भीर घाइते भएका छन् । 

घाइते चालकलाई उपचारका लागि भरतपुर लगिएको छ । चालकको परिचय खुल्न सकेको छैन । 

प्रहरीका अनुसार नारायणगढ-मुग्लिङ सडकखण्डस्थित चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा उक्त दुर्घटना भएको हो ।

ढुंगाले छियाछिया भएको ट्रक त्रिशूली नदीमा खस्नबाट थारैले जोगिएको छ ।

घटनास्थलबाट दुई वटा क्रेनको सहायताले ट्रक हटाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.