भदौ ०४, २०८२, बुधबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति खत्रीले लिए सपथ


Advertisement Image
clock icon 5 days, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राडा भरत खत्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बिहीबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सपथ लिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा खत्रीलाई प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त भएका थिए । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पोखरा प्रतिष्ठानका लागि १७ जना आवेदकबाट छ जनाको नाम सर्टलिस्ट गरेको थियो । सामान्यतया तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा छ जनाको सूची सार्वजनिक गरिएको थियो ।

त्यही सूचीबाट निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका डा. खत्रीलाई प्रधानमन्त्री ओलीले कुलपतिमा नियुक्त गरेका हुन् । प्राडा खत्री यसअघि प्रतिष्ठानको निर्देशकको रुपमा कार्यरत थिए ।

कुलपतिका लागि अर्जुन आचार्य, प्रदीप घिमिरे, माया लामा, चण्डिका पण्डित, निमित्त उपकुलपति भरतबहादुर खत्री, राकेशकुमार बर्मा, राजेश अधिकारी, नारायणसिंह गुरुङ, प्रेमराज ज्ञवाली, विधाननिधि पौडेल, ईश्वर शर्मा कँडेल, दीपकराज पौडेल, श्रीकृष्ण श्रेष्ठ, कालु शर्मा सुवेदी, विष्णुप्रसाद शर्मा, रामेशराज कोइराला, लक्ष्मीनारायण सिंह गरी १७ जनाले आवेदन दिएका थिए । 

तीमध्ये छ जनाको संक्षिप्त सूचीमा खत्रीसहित अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल र माया लामाको नाम थियो । 

लामो समय नेतृत्वविहीन भएको प्रतिष्ठानको नीति, योजना र शैक्षिक गतिविधिमा गम्भीर असर परेकोमा अब प्रतिष्ठानका कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ ।

खत्रीसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहप्राडा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिप्रसाद पौडेलले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Copyright © 2024 | All rights reserved.