0
प्रतिक्रिया
तनहुँ । तनहुँको डुम्रे बजार नजिकै सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेमध्ये ९ नाको लक्ष्मी अस्पताल र दुई जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरा आउँदै गरेको वाग्मती प्रदेश ०१-००६ ख ६५०३ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस डुम्रे बजार नजिकै एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्ङटनाबारे थप विवरण आउन बाँकी छ ।
Copyright © 2024 | All rights reserved.