0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित नेपालमा उपयुक्त फोहोर व्यवस्थापनमार्फत जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य सुधार (सोलिड हेल्थ) परियोजना प्रभावकारी देखिएको छ ।
नेपाल विकास समाजको सहयोगमा सञ्चालित परियोजना समुदाय स्तरमा प्रभावकारी हुँदै गएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । परियोजनाको समीक्षाका क्रममा उक्त निष्कर्ष निकालिएको नगर प्रमुख आचार्यले बताए ।
पोखरा महानगरपालिकाका पाँच वटा वडा (वडा नं.३,४,८,९,१७) मा सञ्चालित परियोजनाअन्तर्गत घरायसी फोहोरमैला व्यवस्थापनमार्फत उद्यमशीलता, रोजगारी र सीप विकास कार्यक्रम, सरसफाईकर्मीको स्वास्थ्यलगायत विषयको अध्ययन, कौसीखेती प्रवर्द्ध, सामुदायिक स्वास्थ्य सुधारका कार्यक्रम समावेश छन् ।
यी कार्यक्रम नतिजाका आधारमा सफल र सामुदायिक रूपमा प्रभावकारी देखिएको प्रमुख आचार्यले बताए ।
परियोजना सञ्चालनका लागि पोखरा महानगरपालिकाले गरेको सहजीकरण प्रति नेपाल विकास समाजकी अध्यक्ष नीशा रानाले आभार व्यक्त गरिन् ।
समुदाय स्तरबाट फोहोरको व्यवस्थापन कार्यमा परियोजनाको प्रभावकारी कार्यान्वयनले महत्व राख्ने उनले बताए ।
Copyright © 2024 | All rights reserved.