असोज १८, २०८२, शनिबार

आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुन-चाँदीको भाउ घटेको छ । आज सुन तोलामा छ सय र चाँदीमा २५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९६ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सुनको भाउ बिहीबार प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज पोखरामा सुनको भाउ प्रतितोला एक लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जाएको छ । 

यता आज असली चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि बिहीबार चाँदी प्रतितोला दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

आज पोखरा बजारमा चाँदी प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Copyright © 2024 | All rights reserved.