0
प्रतिक्रिया
पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटनामा पारी दुई युवक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम र पोखरा-१७ विरौटाका २२ वर्षीय सुगम श्रेष्ठ रहेका छन् ।
गौतमको गण्डकी मेडिकल कलेज र श्रेष्ठको पोखरा स्वास्थ्य प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा-१७ मुस्ताङचोकमा ग१ख ७९२९ नम्बरको ट्रिपरमा प्र३-०२-०१३-प ५८०४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ६ बजे मुस्ताङचोकमा पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ट्रिपर राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटर साइकल ठोक्किएको हो । तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई टिपर मुनिनै छिरेको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिएका छन् ।
टिप्पर चालक धादिङका ४३ वर्षीय मित्रलाल श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.