0
प्रतिक्रिया
पोखरा । झापामा उत्पादित ‘बधाई चिया’ पोखरामा पनि बिक्री शुरू भएको छ । न्यू क्षितिज ट्रेडर्सले पोखरामा चियाको विक्री वितरण गर्ने भएको हो । बधाई चिया निकै गुणस्तरीय र स्वादिष्ट रहेको कम्पनी सञ्चालक मनोज ढकालको दावी छ ।
कम्पनीले झापा र काठमाडौंमा पनि चियाको विक्री शुरू गरिसकेको थियो । बधाई चिया पोखरा बजारमा आएसँगै पोखरेलीको रोजाईमा पर्ने दावी गरिएको छ ।
आफूले करिब तीन दशकदेखि चियाकै बारेमा अध्ययन अनुसन्धान गर्दै आएको र पछिल्ला केही वर्षदेखि उद्योग नै खोलेर चियाको विक्री वितरण गर्दै आएको सञ्चालक ढकालले बताए ।
सञ्चालक ढकालले झापाको चिया विश्वस्तरमा चिनाउन पोखरालाई महत्वपूर्ण बजारका रूपमा लिएको बताए । ढकालका अनुसार ‘बधाई चिया’ शुद्ध र प्राकृतिक तरिकाले प्रशोधन गरिने भएकाले यसको स्वाद, सुगन्ध र गुणस्तर अद्वितीय छ ।
गुणस्तरीय चियाप्रति उपभोक्ताको चासो बढिरहेको भन्दै उनले यसले आफ्नो चिया उद्योगको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनले ‘बधाई चिया’ लाई केवल एक व्यवसायमात्र नभई आफ्नो जीवनको सपना र मेहनतको प्रतिफलका रूपमा प्रस्तुत गरेको बताए ।
विभिन्न साइजमा बजारमा उपलब्ध हुने चियाको मूल्य पनि निकै सरल रहेको उनले बताए ।
पोखराका लागि आधिकारिक विक्रेता न्यू क्षितिज ट्रेडर्सका प्रवन्ध निर्देशक हरिराज पन्तले बधाई चिया पोखरेलीको रोजाईमा पर्ने दावी गरे । उनले चियालाई पोखरा बजारका सबै क्षेत्रमा पुर्याउने बताए ।
Copyright © 2024 | All rights reserved.