भदौ ०४, २०८२, बुधबार

मुस्ताङचोक दुर्घटना अपडेटः गम्भीर घाइते सुजन गौतमको उपचारका क्रममा मृत्यु


Advertisement Image
clock icon 4 days, 10 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका गौतमको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका वडा नं १७ विरौटाका २२ वर्षीय सुगम श्रेष्ठको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा १७ मुस्ताङचोकमा ग१ख ७९२९ नम्बरको ट्रिपरमा प्र३-०२-०१३–प ५८०४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बिहान करिब ६ बजे मुस्ताङचोकमा पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ट्रिपर राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटर साइकल ठोक्किएको हो ।

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई टिपर मुनिनै छिरेको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिएका छन् ।

टिप्पर चालक धादिङका ४३ वर्षीय मित्रलाल श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

Copyright © 2024 | All rights reserved.