0
प्रतिक्रिया
पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ ठूल्ढुंगामा बिहीबार साँझ भएको सवारी दुर्घटना गम्भीर घाइते भएका माइक्रो चालकको उपचारका क्रममा ज्यान गएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ का रमेश अवस्थी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका अवस्थीलाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पोखराका चार जना छन् । जसमा पोखरा महानगरपालिका बस्ने ४२ वर्षीय मेखकुमार गुरुङ, पोखरा-२९ का ४२ वर्षीय ध्रुवराज सुवेदी, पोखरा-३२ का ३५ वर्षीय सचिन द्वा र पोखरा-८ की २५ वर्षीया सम्झना ढकाल छन् । उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सोही दुर्घटनामा घाइते हुनेमा बेनी-८ का ३३ वर्षीय क्षितिज शेरचन दाईने, ३० वर्षीया सजिना पुन, भरतपुरकी २३ वर्षीया रचना भण्डारी, महोत्तरीका २४ वर्षीय सुवासचन्द्र यादव, नवलपुर बुलिनटारकी ३२ वर्षीया सीता श्रेष्ठ, नवलपुर बुलिनटार-१ का ११ वर्षीय समीर श्रेष्ठ, धादिङको ज्वालामुखी-५ का ३६ वर्षीय साने विश्वकर्मा, तनहुँको भानु-६ बस्ने ३० वर्षीया सान्नानी गुरुङ र लमजुङ कोलाहसोथर-५ बस्ने ३८ वर्षीय बखतबहादुर गुरुङ छन् । उनीहरुको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी विद्युतीय माइक्रो चालक, तनहुँ व्यास-१० की २९ वर्षीया आशा दरै, २० महिनाकी साइन दरै, लमजुङ दोर्दी-२ की ३४ वर्षीया गीता थापा कुँवर, निजकी छोरी १८ वर्षीया अंशु कुँवर, नवलपरासी सुनौल-६ का २६ वर्षीय विशाल लामिछाने, तनहुँको व्यास-१० का २७ वर्षीय सोमबहादुर परियार र चितवन भरतपुर-११ बस्ने ७४ वर्षीय पर्शुराम भट्टराई सोही दुर्घटनामा घाइते भएका छन् ।
उनहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र काठमाडौँबाट पोखरा आउँदै गरेको बा०१-००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो एकापसमा ठोक्किएर दुर्घटना भएको हो । बसमा ११ र माइक्रोमा १० जना सवार थिए ।
Copyright © 2024 | All rights reserved.