भदौ ०४, २०८२, बुधबार

आइतबार सार्वजनिक बिदा


Advertisement Image
clock icon 4 days, 8 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने सांस्कृतिक रोपाईं जात्राको अवसर पारेर आइतबार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।

नगर कार्यपालिकाको बैठक निर्णयअनुसार उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सहकारी संस्था लगायत यस नगरपालिकाअन्तर्गतका सम्पूर्ण निकाय बन्द रहने सूचनामा उल्लेख छ ।

यसवर्ष पनि आम नगरवासीको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ । तम्घासमा रोपाईं जात्रा भव्य रूपमा मनाउने परम्परा छ ।

Copyright © 2024 | All rights reserved.