0
प्रतिक्रिया
पोखरा । न्याय परिषद्ले जिल्ला र उच्च अदालतका दुई १५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र एक सय २२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।
जसअनुसार उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राईलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास र रामकुमार खतिवडालाई उच्च अदालत पाटमा सरुवा गरिएको छ ।
साथै उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश यज्ञबहादुर राना मगरलाई उच्च अदालत तुलसीपुर, न्यायाधीश उमेश कोइरालालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, खड्गबहादुर केसीलाई उच्च अदालत पाटन, उमेश कोइरालालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गरिएको छ ।
यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको जिल्ला अदालत बारा, हरिप्रसाद कोइराला र चन्द्रकान्त पौडेललाई जिल्ला अदालत काठमाडौँ, नवराज दाहाललाई जिल्ला अदालत भक्तपुर सरुवा भएको छ ।
काे-काे आउँदै छन् ?
उच्च अदालत पोखरामा उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश तेजनारायण सिंह राई, अञ्जु उप्रेती ढकाल र उच्च अदालत जनकपुरमा कार्यरत ध्रुवकुमार पिया आउने भएका छन् ।
यस्तै, उच्च अदालत पोखरा बागलुङ इजलासमा उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत सरलाकुमारी पाण्डे र उच्च अदालत दिपायलमा कार्यरत दण्डपाणि शर्मा आउने भएका छन् ।
यसैगरी कास्की जिल्ला अदालतमा जिल्ला अदालत सल्यानमा कार्यरत देवकुमार गिरी, झापामा कार्यरत रमेशप्रसाद रिजाल, रुपन्देहीमा कार्यरत श्यामप्रसाद श्रेष्ठ आउने भएका छन् ।
Copyright © 2024 | All rights reserved.