असोज १८, २०८२, शनिबार

सिद्धार्थ राजमार्ग स्तरोन्नतिबारे नगर प्रमुख आचार्य र वडाध्यक्ष शाहीसँग छलफल


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । सिद्धार्थ राजमार्ग सुधार परियोजनाअन्तर्गत स्तरोन्नतिको क्रममा रहेको छ । यसका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन सार्वजनिक गरी सुझाव समेत माग गरिसकेको छ ।

यस परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैँक (एआइआइबी) ले चासो देखाएको छ । हाल एक सय ५७ किलोमिटर रहेको यो सडक स्तरोन्नतिसहित वैकल्पिक मार्गसमेत निर्माण गरी छोट्टाउन सकिने विकल्पका बारेमा पनि अध्ययन भइरहेको छ ।

अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, ०.८६ किलोमिटर पुल, २.९५ किलोमिटर वायाडक्ट, ७४ किलोमिटर स्तरोन्नति र ११.७ किलोमिटर नयाँ सडक निर्माण गर्दा कुल लम्बाई ११२.८१ किलोमिटर हुनेछ ।

सडक सबै मौसममा सुचारु रहने डबल बिटुमिनस सर्फेस ट्रिटमेन्ट मापदण्ड अनुसार स्तरोन्नति र पुलको मर्मत सम्भार गर्ने योजना रहेको छ ।

एआइआइबीको तर्फबाट स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्टले स्वअध्ययन गरिरहेको छ । उक्त टोलीले शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य वडाध्यक्ष राधिका शाही याेगीसँग भेटघाट गरी पोखरा खण्डका विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा सडकको स्तरोन्नति आवश्यक रहेको भन्दै नगर प्रमुख आचार्यले पोखरा खण्ड विस्तारका लागि आवश्यक सहयोग र सहजीकरणका गर्न आफू तयार रहेको बताए ।

पोखरा महानगरपालिकाको वडा नं.१७, २१ र २२ का विभिन्न स्थान हुँदै जाने सडक खण्डमा स्थानीय समस्या समाधानका लागि तत्पर रहेको उनले बताए।

शुक्रबार नै नगर प्रमुख आचार्यले सम्बन्धित वडाका अध्यक्षलाई प्राविधिक टोलीसहित स्थलगत अनुगमनका लागि निर्देशन दिएका छन् ।

टोलीमा स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्टका डा.तेजबहादुर कार्की, अजय भक्त माथेमा, प्रतीक कर्माचार्य र विनोद अर्याल रहेका थिए ।

यो सडकको स्तरोन्नतिले आधुनिक विकाससँग सामुदायिक पहुँच स्थापित गर्नेछ । पोखराको पृथ्वीचोकदेखि हालको सिद्धार्थराज मार्ग स्याङ्जा फेदिखोलासम्म पुग्दा नयाँ एलाइनमेन्ट अनुसार दुरी र समयका हिसाबले निकै छोटो पर्नेछ ।

करिब ६ घण्टा लाग्ने पोखरा-बुटवल सडकको यात्रा सडकको स्तरोन्नति पश्चात् साढे २ घण्टामा पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.