0
प्रतिक्रिया
पोखरा । मुग्लिन-नारायणगढ सडक पूर्णरुपमा अवरूद्ध भएको छ । आज बिहान करिब ४ बजे तुइनखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक दुवैतर्फी सडक अवरूद्ध भएको बताइएको छ ।
पहिरो हटाउनका लागि डिभिजनबाट मेसिनले पहिरो हटाउने कार्य शुरू गरिसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो ठूलो भएकाे र पन्छाउन समय लाग्ने देखिएकाले सडक सुचारु हुन तीन घन्टा लाग्ने सक्ने अनुमान गरिएको छ ।
मुग्लिन-नारायणगढ सडक पहिरोको उच्च जोखिम मानिन्छ । यस सडकमा वर्षायाममा मात्र होइन हिउँदमा पनि सुख्खा पहिरो खसेर कयौँ घटना हुने गरेका छन् ।
वर्षायामको समयमा यस सडक खण्डमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरका सुपर भाइजर ईश्वर क्षेत्रीले आग्रह गरेका छन् ।
Copyright © 2024 | All rights reserved.