0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा भदौ महिनाको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको भाउ तोलामा सात र चाँदीको मूल्य पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ९६ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, शुक्रबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य घटेर आइतबार तोलामा दुई हजार तीन सय १० रुपैयाँ कायम भएको छ ।
आज पोखरा बजारमा चाँदी दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.