असोज १८, २०८२, शनिबार

बाटुलेचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको ७२औँ वार्षिकोत्सव


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ को बाटुलेचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । 

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए । 

उनले यस विद्यालयले शैक्षिक तथा भौतिक विकासमा गरेको प्रगति लोभलाग्दो भएको भन्दै विद्यालय यस क्षेत्रकै शैक्षिक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे । 

प्रधानाध्यापक केशवप्रसाद अम्गाईले विद्यालयको प्रतिवेदन पेश गर्दै माध्यमिक शिक्षा परीक्षामा औशत जीपीए ३ दशमलव ६ भन्दा माथि बनाउनका लागि पूर्व प्राथमिक तहलाई मन्टेसरीको अवधारणामा लगिने बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाले समितिले सभाहल निर्माण, विद्यालयको बस थप र छुट जग्गा दर्ता प्रक्रिया सुरु गरेको बताए । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका सल्लाहकार शोभामोहन पौडेल, महेन्द्र मावि घार्मीका प्रधानाध्यापक बासुदेव पौडेल, नवआदर्श सामुदायिक विकास समाज अध्यक्ष ई दिनेश भण्डारी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नेत्रबहादुर बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीलगायतले शैक्षिक गतिविधिका बारेमा बोलेका थिए । 

कार्यक्रममा शिक्षक सन्तोष आचार्य सम्मानित भए । यस्तै सहायक प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, शिक्षक पदमकुमारी अधिकारी, कमला पौडेल, सिर्जना थापा, बालकुमारी रसाइली र कार्यालय सहयोगी नारायण गौतमलाई पनि सम्मान गरिएको थियो ।

साथै माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने मिसन भुजेललाई नगद २५ हजार रूपैयाँ प्रदान गरिनुका साथै कक्षा १० मा अध्यापन गराउने शिक्षकहरू वबलबहादुर श्रेष्ठ, धनकुमार श्रेष्ठ, सीता पौडेल, गीताकुमारी शर्मा, सन्तोष आचार्य, दीपक गौतम, दीपक आचार्य, स्वामी श्रेष्ठ,रिता अधिकारीलाई सम्मान गरिएको थियो । 

सो अवसरमा विभिन्न समितिका संयोजक  एवं सदस्यलाई सम्मान गरिएको थियो । विद्यालयले कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई वर्ष २०८१ को शैक्षिक पुरस्कार तथा विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो ।

विभिन्न सांस्कृतिक नृत्य, भजन तथा झाँकी प्रदर्शन गरिएको कार्यक्रमको सञ्चालन शिक्षक सीता पौडेलले गरेकी थिइन् । 

Copyright © 2024 | All rights reserved.