असोज १८, २०८२, शनिबार

साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार अर्पण


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ । पुरस्कारको राशि १० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र छ ।

स्व रणबहादुर खड्का र स्व शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रम उद्घाटन गर्दै वरिष्ठ साहित्यकार काजी रोशनले नेपाली साहित्य क्षेत्र विशेष गरी कविता विधामा कवि सरस्वती श्रेष्ठ सरुको योगदान उल्लेखनीय रहेको बताए ।

उनले साहित्यिक सृजना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै श्रेष्ठलाई पुरस्कृत गरिएको बताए ।

श्रेष्ठले लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३ सोतीपसलमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी छन् ।

चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागिरहेको सरुको ‘थुङ्गा थुङ्गा जिन्दगानी’ (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता सङ्ग्रह) , ‘फूलहरुको आँधी’ (कविता सङ्ग्रह), ‘किट्टी’ (बालकथा सङ्ग्रह) प्रकाशित छन् । 

कवि सरु नवकविता प्रतिभा पुरस्कार (२०५३), समता सम्मान , इलाम (२०५४), गजल प्रतिभा सम्मान (२०६३), धादिङ साहित्य समाज सम्मान (२०६४), नवनीत साहित्य सम्मान (२०६५), जनकल्याण स्रष्टा सम्मान (२०६६), समता काव्य सम्मान (२०६६), बाबा साहित्य साधक पुरस्कार (२०६८), विश्व नारी नेपाली साहित्य सम्मान (२०७१), हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान (२०७१),जननी अवार्ड (२०७२), श्रष्टा साहित्य चौतारी पुरस्कार (२०७२), समता काव्य सन्ध्या रजत वर्ष सम्मान (२०७४),सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार (२०७६), नारी वाङ्मय प्रतिभा प्रतिष्ठान सम्मान (२०७७), साहित्य शृङ्खला सम्मान (२०७७),राष्ट्रिय संगीतकर्मी संघ सम्मान (२०७७), सप्तरङ्गी साहित्य सम्मान (पोखरा २०७७), झलक-पुष्पा सृजना पुरस्कार (२०७९), नइ रजत महोत्सव पदक (२०७९), नइ कृति रत्न (२०८०), अभिलेख सम्मान (२०८१), गीतकार प्रतिष्ठान सम्मान (२०८१) बाट सम्मानित भइसकेकी छन् ।

कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्मालगायतले बोलेका थिए । वरिष्ठ साहित्यकार काजी रोशनकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन नवराज गौतमले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.