0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सोमबार सुन-चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा आठ सय र चाँदीको पाँच रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै छापावाला सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
आज असली चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.