असोज १८, २०८२, शनिबार

म्याग्दीस्थित राहुघाट जलविद्युतको बाँधस्थलमा पहिरो खस्दा दुईको मृत्यु, पाँच घाइते


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा एक्कासि सुख्खा पहिरो खस्दा दुई जना मजदुरको ज्यान गएको छ । मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सो घटनामा पाँच जना घाइते भएका छन् ।

पिप्ले चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरुलाई उपचारका लागि बेनी अस्पताल पठाएका हुन् । घटनाको थप विवरण आउन बाँकी छ । 

रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको छ ।

धवलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउने क्रममा बाँध पहिराको जोखिममा परेको बताइन्छ ।

Copyright © 2024 | All rights reserved.