भदौ ०४, २०८२, बुधबार

रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गरिँदै


Advertisement Image
clock icon 1 day, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।  

दुई दिन अघिमात्र भैरहवाबाट स्थानान्तरण गरेर नख्खु कारागार सरुवा गरिएका लामिछानेको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत परीक्षणका लागि रगत अस्पताल पठाइएको बताइएको छ ।

लामिछानेको छाला पहेँलो देखिएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको हो । रगत जाँच गर्नका लागि वीर अस्पतालको ट्रमा सेन्टरबाट डाक्टर कारागार गएका थिए । रगतको रिपोर्ट आउन बाँकी रहेको छ । 

रास्वपा उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न सोमबार बिहान नख्खु कारागार पुगेका थिए ।

सोक्रममा लामिछानेको छालामा अनौठो दाग देखिएपछि अर्यालकै आग्रहमा उपचार प्रक्रिया अघि बढाइएको हो । 

Copyright © 2024 | All rights reserved.