0
प्रतिक्रिया
लमजुङ । लमजुङस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन् ।
लमजुङ दोर्दी गाउँपालिका-३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका नं १० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् ।
बेपत्ता प्रजा सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गरिरहेको तर सोमबार साँझसम्म पनि फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.