असोज १८, २०८२, शनिबार

श्यामकला र नाबालक छोरा अर्पित मृत भेटिए


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ४ बिर्घाकी २६ वर्षीया श्यामकला पाण्डे र उनका सात वर्षीय नाबालक छोरा अर्पित पाण्डे मृत अवस्थामा भेटिएका छन् ।

उनीहरु गत साउन २३ देखि बेपत्ता भएका थिए । श्यामकलाको शव नवलपुरको कावासोती नगरपालिका वडा नं १२ पिठौलीस्थित शिव मन्दिर नजिकै नारायणी नदी किनारमा भेटिएको हो । अर्पितको शव मध्यबिन्दु नगरपालिका वडा नं १२ भूपू कासघारीमा भेटिएको थियो ।

छोरासहित माइत जान्छु भन्दै घरबाट निस्किएकी श्यामकला बेपत्ता भएका थिए । 

गल्याङ नगरपालिका वडा नं ५ स्थित सेतीवेणी नजिकै कालीगण्डकी नदी किनारमा उनको झोला, मोबाइल फोन, चप्पल र बालकको जुत्ता फेला परेको थियो । उनीहरुको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो ।

दुवैको शव मध्यबिन्दु प्रादेशिक अस्पताल कावासोतीमा राखिएको छ । मृतक बालकलाई कानको मुन्द्रा र घाँटीमा लगाएको मालाबाट पहिचान गरिएको बताइएको छ । थप कानूनी प्रक्रिया र औपचारिक पहिचानका लागि श्यामकलाको परिवार अस्पताल पुगेको छ ।

रोजगारीका सिलसिलामा युएई पुगेका श्यामकलाका श्रीमान मणिप्रसाद पाण्डे घटना लगत्तै नेपाल फर्किएका छन्।
 

Copyright © 2024 | All rights reserved.