असोज १८, २०८२, शनिबार

ह्वात्तै घट्यो सुनको भाउ,आज कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदी १५ रुपैयाँ घटेको हो । 

मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुन यसअघि सोमबार एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

पोखरा बजारमा आज सुन प्रतितोला एक लाख ९५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यता, सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

पोखरामा आज चाँदी दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । 

Copyright © 2024 | All rights reserved.