0
प्रतिक्रिया
उदयपुर । उदयपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं ६ सातघरेका ४५ वर्षीय दिलबहादुर राई छन् ।
सोमबार दिउँसो त्रियुगा खोलामा माछा मार्न जाने क्रममा उनी बेपत्ता भएका हुन् ।
बेपत्ता राईको आज पनि बिहानदेखि खोजी कार्य पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।
बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।
Copyright © 2024 | All rights reserved.