भदौ ०४, २०८२, बुधबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर


Advertisement Image
clock icon 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

झापा । झापामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दमक नगरपालिका वडा नं ७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र१-०२-००२ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कमल गाउँपालिका वडा नं ५ की ४२ वर्षीया मुना गौतम छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ४३ वर्षीय सुकदेव गौतमको दमक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतक मुना र घाइते कमल श्रीमान श्रीमती भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.