0
प्रतिक्रिया
पोखरा । पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारजनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) मा रगतसहित विभिन्न जाँचमा ३५ प्रतिशट छुट पाउने भएका छन् ।
संघका अध्यक्ष गोकर्ण कार्की र युआरएल अध्यक्ष ठकुरप्रसाद पन्थले एक कार्यक्रमका बीच सम्झौताबीच हस्ताक्षर गरे ।
भदौ १ बाट सुरु भएको सम्झौता समयावधि पाँच वर्षको हुनेछ । युआरएलका सबै शाखाबाट संघको परिचयपत्रका आधारमा छुट सुविधा प्राप्त गर्न सकिने अध्यक्ष पन्थले जानकारी दिए ।
पोउवासंघ पोखराको अग्रणी संस्था हो भने युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला हो ।
युआरएल अध्यक्ष पन्थले पछिल्लो क्रममा बेलाबेलामा आफैं रक्त परीक्षण गराउने चलन बढेको जनाउँदै पोखरेली उद्योगी, व्यवसायीको हितका लागि सम्झौता भएको बताए ।
‘खासगरी कोभिडपछि बेला बेलामा सेल्फ टेस्ट गराउने चलन बढेको छ,’ अध्यक्ष पन्थले भने, ‘पोखराका उद्योगी, व्यवसायी र उहाँहरुको परिवारलाई स्वास्थ्य जाँचमा प्रोत्साहन र सहजताका लागि सहकार्य गरेका हौँ ।’
बाह्र वर्षअघि स्थापना भएको युआरएलले सामाजि उत्तरदायित्व वहन गर्दै आफैं र विभिन्न संघसंस्थासँग सहकार्य गरी अहिलेसम्म दुई सय पाँच वटा निशुल्क रक्तजाँच शिविर गरिसकेको छ ।
Copyright © 2024 | All rights reserved.