0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तीज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताएका छन् ।
माझठाना पोखरा सम्पर्क समाजद्वारा आयोजित तीज विशेष एवं विद्यार्थी सम्मान कार्यक्रममा उनले संस्थागतरुपमा तीज मनाउँदा एकापसमा आत्मीयता अभिवृद्धि हुने बताए ।
संस्कृति र संस्कारको माध्यमबाट धार्मिक एवं पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै अधिकारीले समाजमा बढ्दै गएको विकृति र विसंगतिविरुद्धमा एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरीमध्येबाट एसइई २०८१ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल पाँच विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।
समाज अध्यक्ष सारदा लामिछानेको अध्यक्षमा भएको कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, निवर्तमान अध्यक्ष भोलानाथ ओझा, सल्लाहकारद्वय डा निर्मल लामिछाने र डा. मानबहादुर केसी, सूर्यज्योती लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद बराल, कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारीलगायतले बोलेका थिए ।
Copyright © 2024 | All rights reserved.