0
प्रतिक्रिया
रौतहट । रौतहटको गौरमा बुधबार दिउँसो एक युवकको हत्या भएको छ ।
मृत्यु हुनेमा रौतहटको यमुनामाई गाउँपालिका वडा नं ५ का अन्दाजी २२ वर्षीय सहाबुद्दिन मिया छन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका मियालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
गौर नगरपालिका वडा नं ५ स्थित गौरीशंकर कलेज अगाडि उनीमाथि छुरा प्रहार भएको थियो ।
सोही घटनामा संलग्न भएको आशंकामा गौर-३ का सनोज रामलाई नियन्त्रणमा लिइएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।
Copyright © 2024 | All rights reserved.