0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा तीन दिन लागातार घटेको सुनचाँदीको भाउ आज बढेको ।
आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदी ३५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुन बुधबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पोखरामा सुन प्रतितोला एक लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता बुधबार प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज बढेर दुई हजार दुई सय ९० रुपैयाँ कायम भएको छ ।
आज पोखरामा चाँदी प्रतितोला दुई हजार तीन सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.