भदौ ०६, २०८२, शुक्रबार

फेरि बढ्यो अण्डाको मूल्य, कति पर्छ अब ?


Advertisement Image
clock icon 19 hours, 12 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । बुधबार सङ्घको बैठकको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो ।

सङ्घद्वारा जारी नयाँ मूल्य सूची अनुसार अब ठुलो अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रतिक्रेट पाँच सय १५ निर्धारण गरिएको छ । 

सङ्घले चितवनबाट बाहिर पठाइने अण्डाका लागि लाग्ने ढुवानी तथा प्याकेजिङ खर्च पनि बढाएको छ । अब भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी एक सय ४० अतिरिक्त शुल्क लाग्ने भएको छ ।

यो नयाँ मूल्य यसअघि साउन ६ गतेदेखि लागू भएको मूल्यभन्दा केही बढी हो ।  पुरानो मूल्य सूची अनुसार ठूलो अण्डा प्रतिक्रेट पाँच सय २५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य चार सय ९५   थियो ।    

मिडियम अण्डाको मूल्य ह्वात्तै बढेको छ । २० रुपैयाँ प्रतिक्रेट मिडियम अण्डा बढ्दा पाँच रुपैयाँ ठूलो अण्डाको मूल्यमा प्रतिक्रेटमा वृद्धि भएको छ । 

त्यसैगरी यसअघि प्रतिपेटी एकसय ३० रहेको ढुवानी तथा प्याकेजिङ खर्चमा पनि १० रुपैयाँले वृद्धि गरी  एक सय ४० रुपैयाँ पुर्याइएको छ ।

Copyright © 2024 | All rights reserved.