भदौ ०६, २०८२, शुक्रबार

चिप्लेढुंगा–सिद्धार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार निर्वाचित


Advertisement Image
clock icon 13 hours, 15 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चिप्लेढुंगा-सिद्धार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार निर्वाचित भएका छन् । समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले सुनारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा नवीन श्रेष्ठ, सहसचिवमा किरणराज लामिछाने, कोषाध्यक्षमा प्रमोद लिगल र सहकोषाध्यक्षमा अनिल ढेवाजु छन् ।

यस्तै कार्यसमिति सदस्यमा सुशिल लम्साल, वेदुनाथ लामिछाने, जनकराज सुवेदी, तारा गौतम, ज्योतिन्द्र घिमिरे, वीरेन्द्र गहतराज, राजकुमार ध्वजु, धनबहादुर झैडी र विष्णुनारायण श्रेष्ठ छन् ।

यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले नेपालमा केही भएन भन्ने भाष्य गलत भएको भन्दै बरु भएकाको सदूपयोग गर्न नसकिएको बताए ।

सरकारले ल्याएका नीति तथा कार्यक्रम बुझेर त्यसको सदूपयोग गर्न व्यवसायीले नसकिरहेको उनले स्पष्ट पारे । 

पोखरा ट्रेडमलका अध्यक्ष मीनराज काफ्लेले व्यवसायिक सफलताका लागि व्यवसायी आफैले वातावरण निर्माण गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष देवकुमार भुजेल (डीबी)को अध्यक्षतामा भएको कार्यक्रममा पोखरा हार्डवेयर व्यवसायी संघका अध्यक्ष अर्जुन थापा, कपडा व्यवसायी एशोसिएशन कास्कीका अध्यक्ष लेखनाथ पौडेल, सुनचाँदी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कमलमान सुनार, आदर्श समाज टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद पन्थलगायतले बोलेका थिए । 

कार्यक्रममा समिति निवर्तमान सहसचिव दुर्गा सुनारले स्वागत र सचिव मोती भुजेलले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.