भदौ ०६, २०८२, शुक्रबार

माओवादी अध्यक्ष प्रचण्ड पोखरामा


Advertisement Image
clock icon 12 hours, 56 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा आएका छन् । 

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड पोखरा आएका हुन् । 

पोखराको जिरोकिमीस्थित गोल्डेन हाउसमा केहीबेर अघि शुरू भएको कार्यक्रम केही बेर अघि अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् ।

प्रचण्डले माओवादीको नीति, देशको वर्तमान राजनीतिक परिस्थितिबारे माओवादी निकट गण्डकी प्रदेशभरका मजदूर नेताहरुलाई प्रशिक्षण दिनेछन् । 

अध्यक्ष प्रचण्ड आज पोखरामै रहनेछन् । उनले शुक्रबार पोखराको इन्द्रेणी एकीकृत विकास केन्द्रले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको ‘तेस्रो ऐतिहासिक टुँडिखेल तीज महोत्सव-२०८२’ उद्घाटन गर्नेछन् । 

पोखरा रहँदा प्रचण्डले पार्टीका विभिन्न तहका नेता र कार्यकर्ता भेट्ने कार्यक्रम छ । 

Copyright © 2024 | All rights reserved.