0
प्रतिक्रिया
गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका वडा नं ६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो ।
चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उनीहरुको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए ।
“आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक भएको थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराउनुभएको थियो, उनको शव बिहीबार बिहान गाउँलेले भेटेका थिए”, उनले भने ।
रिञ्जिनको शव हिसेदोर्जेले भेट्टाएका थिए । उनको शव लिएर लिएर खोलातर्फ जाने क्रममा बिहीबार बिहान ९ बजेतिर सोही ठाउँबाट खसेर हिसेदोर्जेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.