भदौ ०६, २०८२, शुक्रबार

टप टी-२० सिरिजः नेपालले आज पाकिस्तानको सामना गर्दै


Advertisement Image
clock icon 3 hours, 29 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा शुक्रबार नेपालले बलियो प्रतिद्वन्दी पाकिस्तानको सामना गर्दैछ ।

सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ । जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । 

पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

चौथो र पाँचौं खेलमा भने नेपालले शानदार जित निकालेको थियो । चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको नेपाले पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको थियो ।

अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । 

चार अंकसहित तालिकाको सातौं स्थानको नेपालले पाकिस्तानलाई पराजित गरेमा सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना कायमै छ । सिरिजमा ११ टिम सहभागी छन् ।

Copyright © 2024 | All rights reserved.