भदौ ०६, २०८२, शुक्रबार

कालीगण्डकी करिडोर सडक पूर्णरूपमा अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र


Advertisement Image
clock icon 3 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। गुल्मीको राक्से भन्ने स्थानमा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, सडक अवरुद्ध भएको जानकारी पाउनासाथ पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

बाटो खुलाउनका लागि अहिले डोजरलगायतका उपकरण प्रयोगमा ल्याइएको छ।

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने तथा आउने सबै सवारीसाधन बीच बाटोमा रोकिएका छन्।

Copyright © 2024 | All rights reserved.