भदौ ०६, २०८२, शुक्रबार

निजी विद्यालयद्वारा पाेखराकाे सडकमा सवारी प्रदर्शन


Advertisement Image
clock icon 6 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । निजी विद्यालयहरुले विद्यालय शिक्षा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा भएका प्रावधानप्रति असमति प्रकट गर्दै आन्दोलन शुरु गरेका छन् ।

उनीहरुले पोखराका विभिन्न स्थानमा विद्यालयका सवारी प्रदर्शन गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) कास्कीका अध्यक्ष दिवाकर जैशीका अनुसार आज आन्दोलनअन्तर्गत आज शुक्रबार सडकमा सवारीको र्याली प्रदर्शन गरिएको हो ।

आज पोखराको चिप्लेढुंगा, महेन्द्रपुल, राष्ट्रबैकचोक, विरौटा, रामबजार, अमरसिंहचोक र लेखनाथमा सवारी प्रदर्शन गरिएको उनले बताए ।

आज सांकेतिक आन्दोलन स्वरुप सवारी प्रदर्शन गरिएको र आइतबारबाट छुट्टै कार्यक्रम तय हुने उनले बताए । 

निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाई हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने, छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने उनीहरुको माग छ ।

कानूनबमोजिम स्थापना भई सञ्चालन भएका संस्थाको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्नेमा उनीहरुको जोड छ ।

राज्यले गर्न नसक्ने काम निजी क्षेत्रबाट प्रवाह गराउन खोज्नु अत्यन्तै अव्यवहारिक र राज्यलाई अनुत्तरदायी बनाउने प्रयास भएको उनीहरूको जिकिर छ ।

Copyright © 2024 | All rights reserved.