0
प्रतिक्रिया
पाेखरा। सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७-० ले पराजित भएको थियो ।
यता भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा बङ्गलादेशसँग ३-१ ले पराजित भएको थियो ।
खेलको पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्कायो । नेपालको लागि साहरा लिम्बूले गोल गरिन् ।
त्यसअघि खेलको ४२औँ मिनेटमा भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन् ।
खेलको ७७औँ मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल विजयी भयो ।
Copyright © 2024 | All rights reserved.