0
प्रतिक्रिया
झापा । झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर शनिबार एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा कनकाइ नगरपालिका वडा नं १ खहरे खोलाका ३७ वर्षीय पङ्कज माझी छन् ।
बिजुलीको खम्बाबाट तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.