0
प्रतिक्रिया
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पोखरामा आठौँ इक्यान शैक्षिक मेला आयोजना गरेको छ । यही भदौ २० र २१ गते (शुक्रबार र शनिबार) पोखरामा शैक्षिक मेला हुने इक्यान कास्कीले जनाएको छ ।
विद्यार्थीलाई विदेशमा अध्ययनसम्बन्धी प्रत्यक्ष जानकारी दिलाउन मेला आयोजना गरिएको बताइन्छ । मेलाको तयारी तीव्र बनाइएको छ ।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेका अनुसार मेलामा विभिन्न मुलुकका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधि, इक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित करिब ६०स्टल रहनेछन् ।
मेलामा सहभागी विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने अध्यक्ष गैह्रेले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छान्न, पढ्न चाहेको मुलुक र विश्वविद्यालय रोज्न मेलाले सहजता दिने अपेक्षा गरिएको छ ।
मेलामा विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने, भविष्यको योजना बनाउने, विश्वविद्यालय भर्ना प्रक्रिया तथा योग्यतासम्बन्धी जानकारी उपलब्ध गराइने अध्यक्ष गैह्रेले बताए ।
साथै सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायत आकर्षक उपहारसमेत प्रदान गरिने मेला संयोजक तथा इक्यानका उपाध्यक्ष सन्तोष शाहीले बताए ।
मेलामा प्रस्तुतकर्ताका रूपमा टाइम्स एजुकेशनल रहनेछ भने सहकार्य ब्रिटिस काउन्सिलले गर्नेछ ।
यस्तै, ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएसबिटी) लगायतका संस्थाले मेला सहकार्य गर्नेछ । मेलामा बैंकिङ पार्टनरका रूपमा एनएमबि बैंक रहने जनाएको छ ।
इक्यान कास्कीले पोखरामा हुने यस शैक्षिक मेलाले विद्यार्थीलाई आफ्नो अध्ययन लक्ष्य पूरा गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेका अनुसार मेलामा विभिन्न मुलुकका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधि, ईक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसँग सम्बन्धित करिब ६०स्टल रहनेछन् ।
मेलामा सहभागी विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने अध्यक्ष गैह्रेले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छान्न, पढ्न चाहेको मुलुक र विश्वविद्यालय रोज्न मेलाले सहजता दिने अपेक्षा गरिएको छ ।
मेलामा विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने, भविष्यको योजना बनाउने, विश्वविद्यालय भर्ना प्रक्रिया तथा योग्यतासम्बन्धी जानकारी उपलब्ध गराइने अध्यक्ष गैह्रेले बताए ।
साथै सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायत आकर्षक उपहारसमेत प्रदान गरिने मेला संयोजक तथा इक्यानका उपाध्यक्ष सन्तोष शाहीले बताए ।
मेलामा प्रस्तुतकर्ताका रूपमा टाइम्स एजुकेशनल रहनेछ भने सहकार्य ब्रिटिस काउन्सिलले गर्नेछ ।
यस्तै, ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएसबिटी) लगायतका संस्थाले मेला सहकार्य गर्नेछ । मेलामा बैंकिङ पार्टनरका रूपमा एनएमबि बैंक रहने जनाएको छ ।
इक्यान कास्कीले पोखरामा हुने यस शैक्षिक मेलाले विद्यार्थीलाई आफ्नो अध्ययन लक्ष्य पूरा गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
Copyright © 2024 | All rights reserved.