0
प्रतिक्रिया
पोखरा । एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ ।
पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार पाँच हजार ५५ रुपैयाँसहित प्रमाणपत्र हात पारेको छ ।
यस्तै, कास्कीले दोस्रो र पर्वतले तेस्रो स्थान हासिल गरे । दोस्रो हुने कास्कीले ३३ हजार तीन सय ३३ र तेस्रो हुने पर्वतले २२ हजार दुई २२ रुपैयाँ प्राप्त गरे । बागलुङ र स्याङ्जाले सान्त्वना स्थान हासिल गर्दै समान ११ हजार एक सयल ११ हजार रुपैयाँ पाए ।
प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका जिल्लाले सहभागिता जनाएका थिए । म्याग्दी, तनहुँ र नवलपुरका सहभागी नृत्य र भेषभूषातर्फ उत्कृष्ट बने । उनीहरुले सारी पुरस्कार पाए ।
पुरस्कृतलाई गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठ, पब्लिक टेलिभिजनका अध्यक्ष सविन भट्टले नगद र प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा टेलिभिजनले पोखरा महानगरपालिका-१६ का गन्धर्व आमा समूहलाई मौलिक तीज गीत संरक्षणमा योगदान दिएको भन्दै नगद २५ हजारसहित सम्मान गरेको छ ।
उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नगदसहित सम्मानपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा चर्चित कलाकार राजु परियार, प्रजापती पराजुली, सुशिला गौतम, राजन कार्की, सरला पाण्डेलगायतका कलाकारको प्रस्तुति थियो ।
गण्डकी प्रदेशकी कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठले प्रदेश समुन्नत बनाउने आधार कृषि भएकाले कृषिलाई पर्यटकसँग जोड्न सकिएमात्रै प्रदेश समुन्नत हुने बताइन् ।
गीतमा समावेश भएका विषयवस्तु सचेतना फैलाउने खालेको भएको जिसीले उल्लेख गरिन् । आगामी दिनमा सचेतना फैलाउने र महिला सशक्तीकरणको कार्यक्रम अघि बढाउने उनले प्रतिवद्धता जनाइन् ।
Copyright © 2024 | All rights reserved.