0
प्रतिक्रिया
पोखरा । स्याङ्जामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा रौतहट गुज्रा नगरपालिका वडा नं १ रङ्गपुर घर भई हाल पुतलीबजार नगरपालिका वडा नं १ ठाडोलाइनमा डेरा गरी बस्दै आएका २५ वर्षीय अरुणकुमार चौधरी छन् ।
उनी पोखरा फाइबर नेटमा काम गर्दै आएका बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका लडा नं ९ कोल्मामा शनिबार दिउँसो बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्याङ अड्याउने क्रममा बिजुलीको तारमा छोइँदा करेन्ट लागेर घाइते भएका थिए ।
उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.