0
प्रतिक्रिया
पाेखरा। भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ ।
खेल नेपाली समय अनुसार साँझ पौने ६ बजेबाट चाङ्लिमिथाङ रंगशालामा हुनेछ ।
नेपाल र बंगलादेश दुवैले अहिलेसम्म दुइ खेलबाट एक जित र एक हार प्राप्त गरेका छन् ।
नेपाल भारतसँग ७-० ले पराजित भए पनि भुटानलाई २-१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३-१ ले हराएर भारतसँग २-० ले हार हारेको थियो ।
प्रतियोगितामा भारत छ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान तीन अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।
आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ ।
Copyright © 2024 | All rights reserved.