असोज ०३, २०८२, शुक्रबार

आज ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य भारी वृद्धि भएको छ । आज आइतबार सुनको भाउ तोलामा दुई हजार तीन सय र चाँदी ४० रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ रहेको थियो । 

आज पोखरामा सुनको भाउ प्रतितोला एक लाख ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

यस्तै शुक्रबार प्रतितोला दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज आइतबार दुई हजार तीन सय ५० रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ । 

आज पोखरामा चाँदी प्रतितोला दुई हजार तीन सय ८० रुपैयाँ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.