असोज ०३, २०८२, शुक्रबार

रूपा वाङ्मय प्रतिष्ठानको तीज गीत प्रतियोगितामा शिवालय मावि प्रथम


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हरितालिका तीजको अवसरमा रूपा वाङ्मय प्रतिष्ठानले आयोजना गरेको विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा शिवालय मावि प्रथम, पृथ्वीरूपा मावि द्वितीय, रामकोट मावि तृतीय र रूपाज्योति माविले सान्त्वना स्थान हासिल गरेको छ । कालिका मावि नृत्यमा उत्कृष्ट घोषित भयो । 

पुरस्कृत प्रथम, द्वितीय तृतीय र सान्त्वनालाई क्रमशः चार हजार, तीन, दुई र एक हजार तथा प्रमाणपत्र र उत्कृष्ट नृत्यलाई पाँच सय पुरस्कार प्रदान गरिएको छ ।

नृत्यको पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको सम्पूर्ण पुरस्कार रामचन्द्र घिमिरे र शोभा घिमिरेले प्रायोजन गरेका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा रूपिन्द्र प्रभावी जोशी, झलक गुरुङ र कृष्णमाया तिवारी थिए । 

रूपा गाउँपालिका वडा नं २ का अध्यक्ष राजन सुवेदीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष आदर्श पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन घिमिरेले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.