0
प्रतिक्रिया
पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेलसँग महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।
विपिन जोशीलाइ प्यालेस्टिनी समूह हमासले बन्धक बनाएकाे छ ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए ।
उनीहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे ।
सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।
Copyright © 2024 | All rights reserved.