0
प्रतिक्रिया
पोखरा । सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिद्वारा आयोजित ऐतिहासिक तीज मेला २०८२ शुभारम्भ भएको छ ।
मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
पर्यटकीय दृष्टिकोणले आफ्नो छुट्टै पहिचान कमाएको पोखराको सराङकोट क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक रूपमा पनि परिचित बन्दै गइरहेको छ ।
यस प्रकारका मेला महोत्सवले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै सांस्कृतिक पक्षको समेत उजागर गर्ने नगर प्रमुख आचार्यले बताए ।
विभिन्न समूहबीच तीज गीत प्रतियोगितालगायतका सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको उक्त मेला १० गतेसम्म चल्नेछ ।
Copyright © 2024 | All rights reserved.