0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेसका युवा नेता, सामाजिक एवं राजनीतिक व्यक्तित्व राम बराललाई मातृशोक परेको छ ।
बरालकी आमा पोखरा महानगरपालिका वडा नं १३ निवासी शिवकुमारी बरालको उपचारकै क्रममा पोखरामा निधन भएको हो ।
शिवकुमारीको ७८ बर्षको उमेरमा निधन भएको हो । बराल विगत चार बर्षदेखि क्यान्सर रोगका कारण पीडित थिइन् ।
गत मंगलबार उनको स्वास्थ्य गम्भीर बनेपछि पोखराको फिस्टेल अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार राति निधन भएको हो ।
स्व. बरालका एक छोरा राम बराल र एक छोरी ईन्दिरा बराल छन् । छोरा राम नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । स्व. बरालको आइतबार पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ ।
Copyright © 2024 | All rights reserved.