असोज ०३, २०८२, शुक्रबार

साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आइतबार भएको खेलमा बङ्गलादेशसँग नेपाल ३-० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ ।

पराजित नेपाल समान खेलबाट तीन अङ्कका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २-१ गोलले हराएको थियो ।

यसैगरी भुटानलाई ३-१ ले हराएको बङ्गलादेशले भारतसँग २-० को पराजय बेहोरेको थियो । बङ्गलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । 

खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बङ्गलादेशलाई सहज जित दिलाइन् ।

Copyright © 2024 | All rights reserved.